काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २८७ कम्पनीको ८३ लाख ५२ हजार ५ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १८ करोड ६० लाख ७२ हजार ६० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबार सेयर बजारमा रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा सिटि होटल, १०% प्रभु बैंक डेबेञ्चर २०८४, प्रोग्रेसिभ फाइनान्स बैंक, १०.२५% सनराइज बैंक डेबेञ्चर २०८३ र सिटिजन्स म्युचुअल फण्ड-१ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबार सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १८ करोड ६० लाख ७२ हजार ६० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, सोल्टी होटल, अरुण काबेली पावर, अपर तामाकोशी हाइड्रोपावर र एनएमबि बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबार सेयर बजारमा अपर तामाकोशी हाइड्रोपावरले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । अपर तामाकोशीमा यस्तो गिरावट आउँदा लिबर्टी इनर्जी कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट, पिपुल्स पावर लिमिटेड र बिपीडब्लु लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्