काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
शुक्रबार १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य स्थिर रहेर १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९६ हजार १ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ६९ रुपैयाँ कायम गरेको छ ।