×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषले सहभागीहरुलाई थप १.५ प्रतिशत प्रतिफल दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नागरिक लगानी कोषले सहभागीहरुलाई थप १.५ प्रतिशत प्रतिफल दिने

Artha Sarokar

३१ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको कोषले जनाएको छ । यसभन्दा अघि पनि कोषले १.५ प्रतिशत थप प्रतिफल दिएको थियो ।

यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा वचत कार्यक्रहरु मध्ये कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागिहरुलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । अन्य छ वटा कोषहरुमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रियामा रहेको जनाईएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी