Skip to content
LAXMI SUNRISE BANK

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयद्वारा अवरोध, फोहोरका कन्टेनर बाटोमै रोकिए !

अर्थ सरोकार

काठमाडौं । ककनी गाउँपालिका र धुनीबेसी नगरपालिका स्थानीयले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध सृजना गरेका छन् । संघीय सरकार र काठमाडौं महानगरपालिकाले स्थानीयको माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै स्थानीयहरूले सोमबार बिहानैदेखि फोहोर फाल्न अवरोध गरेका हुन् ।

स्थानीयले बिहानैदेखि ककनी र धुनीबेसीको सीमानामा अवरोध गरेपछि काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनर बीच बाटामै रोकिएका छन् । स्थानीयबासीको आन्दोलनमा स्थानीय जनप्रतिनिधिहरू समेत सहभागि छन् ।

ककनी गाउँपालिकाको १२औं सभाले फोहोरका कन्टेनरको प्रवेश शुल्क साउन १ गतदेखि ठूला प्रतिगाडीलाई १५ सय र १ हजार रूपैयाँ लिने निर्णय गरेको थियो । त्यसकाविरुद्ध फोहोर संकलन गर्ने निजी संघसंस्थाको छाता संगठन फोहोरमैला व्यवस्थापन संघले आइतबार मुद्दा दर्ता गरेको छ । त्यसको पेसी आजका लागि तोकिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK