काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद गरिएको १०० किलो सुनसहितको स्कुटरको ‘ब्रेक शु’को आयाकर्ता रेडी ट्रेडर्सले नै आयात गरेका थप ६ वटा कार्टुन विमानस्थल भन्सार गोदाममा भेटिएको छ । सुन तस्करी प्रकरणमा थप सुन विमानस्थलभित्रै रहेको आशंकामा राजस्व अनुसन्धान विभागले गरेको विशेष अपरेशनका क्रममा थप ६ कार्टुन सामान फेला पारेको हो ।
सुन आयात गरेकै कम्पनीले ल्याएको ती कार्टुनभित्र पनि सुन हुनसक्ने आशंका गरिएको छ । ‘हामीले विशेष अपरेशनका क्रममा दिनभर विमानस्थल परिरसमा सुनको खोजी गर्दा ६ वटा कार्टुल फेला पारेका छौँ ।’, विभागका एक उच्च अधिकारीले भने, ‘ती कार्टुनमा पनि सुन हुनसक्ने आशंका गरिएको छ ।’
दिनभर विमानस्थल परिसरमा सुनको खोजी गरिरहेको राजस्व अनुसन्धान विभागले साँझ ती कार्टुन फेला पारेको हो । सुन आयात भएकै कम्पनीले ल्याएका ती कार्टुनभित्र सुन हुन सक्ने आशंका विभागले गरेको छ ।
विभागका ती अधिकारीका अनुसार सो वस्तुलाई सिलबन्दी गरेर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्