×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नीतिगत दर संशोधनसहितको मौद्रिक नीति आइतबार आउँदै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नीतिगत दर संशोधनसहितको मौद्रिक नीति आइतबार आउँदै !

Artha Sarokar

७ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आइतबार सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीतिका लागि राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सम्पूर्ण तयारी पूरा गरेको राष्ट्र बैंक स्रोतले बताएको छ । राष्ट्र बैंक स्रोतका अनुसार कुनै प्राविधिक त्रुटी नभए मौद्रिक नीति आइतबार मध्याह्नमा सार्वजनिक गरिनेछ ।

यसो त मौद्रिक नीतिको मस्यौदा राष्ट्र बैंकको उच्च व्यवस्थापनले गत शुक्रबार नै पारित गरेको थियो । उक्त मस्यौदामा बैंकिङ प्रणालीमा थुप्रिएको तरलता चलायमान बनाउन, कर्जा लगानी बढाउने मौद्रिक उपाय औँल्याइएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

त्यस्तै, मौद्रिक नीतिमार्फत केही नीतिगत दर र बैंक दर पनि घटाउने गरी मौद्रिक नीतिको खाका तयार पारिएको स्रोतको दाबी छ ।

केन्द्रीय बैंकको उच्च व्यवस्थापनले पारित गरेर पठाएको मौद्रिक नीति पारित गर्नका लागि आइतबार बिहान ८ बजे राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दैछ । उक्त बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि तयार पारिएको मौद्रिक नीतिको मस्यौदा पारित गरेसँगै आइतबार मध्याह्नमा मौद्रिक नीति सार्वजनिक गरिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी