Skip to content
LAXMI SUNRISE BANK

‘मौद्रिक नीतिले लगानीकर्ताको अपेक्षा पूरा गर्न सकेन, घुमाउरो भाषाले कन्फ्युज भईयो’- राधा पोखरेल

अर्थ सरोकार

काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिले लगानीकर्ताको अपेक्षा पूरा गर्न नसकेको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मौद्रिक नीतिमाथि टिप्पणी गर्दै उनले यस्तो बताएकी हुन् ।

‘२०८०/८१ को मौद्रिक नीतिको गभर्नर ज्यूको पछिल्लो पत्रकार सम्मेलनबाट मौद्रिक नीतिले लगानीकर्ताको अपेक्षा पूरा गर्न सकेन ।’, उनले लेखेकी छिन्, ‘राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्यूज बनाउने काम गर्दै धितोपत्र बजारलाई निरुत्साहित गरिएको छ ।’

उनले यसअघि मौद्रिक नीति विगतको भन्दा उत्साहजनक भएको टिप्पणी गरेकी थिइन् । मौद्रिक नीति सार्वजनिकका लागि आयोजना गरिएको पत्रकार सम्मेलन अघि उनले यसपालीको मौद्रिक नीतिले विगत २ वर्षदेखि घटिरहेको बजारमा थोरै भए पनि मल्हमपट्टी लगाउने भन्दै फेसबुकमा लेखेकी थिइन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK