काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८ सय ८७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको २५ करोड ५६ लाख ६९ हजार ८ सय ४१ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा किसान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा नेपाल रिइन्स्योरेन्स कम्पनी, बलेफी हाइड्रोपावर, बिपीडब्लु लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमई बैंक र एनएमबि हाइब्रिड फण्ड एल-१ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको २५ करोड ५६ लाख ६९ हजार ८ सय ४१ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा ग्लोबल आइएमई बैंक, प्रभु बैंक, शिवम् सिमेन्ट, कुमारी बैंक लिमिटेड र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा एनआइबिएल ग्रोथ फण्डले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो । एनआइबिएल ग्रोथ फण्डमा यस्तो गिरावट आउँदा लिबर्टी इनर्जी कम्पनी, विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र स्वोरोजगार लघुवित्त विकास बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्