काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले सेयर बजारलाई निरुत्साहित बनाउने काम गरेको सेयर लगानीकर्ताहरुले बताएका छन् । मौद्रिक नीतिबारे टिप्पणी गर्दै सेयर लगानीकर्ताहरुले राष्ट्र बैंकको ‘इगो’का कारण बजार निरुत्साहित हुने गरी नीति आएको बताएका हुन् ।
विगत दुई वर्षदेखि बजारप्रति नकारात्मक बनेको नेपाल राष्ट्र बैंकले यसवर्ष पनि बजारमैत्री नीति नल्याउनु गलत भएको टिप्पणी गरेका छन् । नेपाली पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण गुर्नपर्ने बेला राष्ट्र बैंकले उल्टै मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले आरोप लगाइन् । ‘विगत दुई वर्षदेखि घटिरहेको बजारमा यसपालीको मौद्रिक नीतिले मल्हमपट्टीको काम गर्छ भन्ने अपेक्षा थियो । तर, लगानीकर्ताहरुको त्यो अपेक्षा मौद्रिक नीतिबाट पूरा भएन ।’, उनले भनिन्, ‘लगानीकर्ताहरुलाई भ्रममा पारेर मौद्रिक नीति ल्याइयो । यस्तो नीतिले लगानीकर्ता थप ‘प्यानिक’ भएका छन् ।’
मौद्रिक नीतिमा सेयर लगानीकर्ताहरुको माग सेयर कर्जाको जोखिमभार १०० मात्रै कायम गर्नुपर्ने र १२ करोडको सीमा खारेज गर्नुपर्छ भन्ने भए पनि त्यसो नभएको अध्यक्ष पोखरेलले बताइन् । राष्ट्र बैंकले दुई घण्टाअघि एक खालको कुरा गरेर दुई घण्टापछि फरक कुरा गर्दा लगानीकर्ता कन्फ्युज भएको पोखरलेको भनाई छ । ‘नीति बनाउँदा नीति निर्माताहरुले लगानीकर्ताहरुको स्पष्ट कुरा गर्नुपर्छ । सरकारले नीति बनाउँदाबीचमा लुपहोल राखिन्छ । तर, सरकारले नीति ल्याउँदा सबै लगानीकर्ताले स्पष्ट बुझ्ने गरी ल्याउनुपर्छ ।’, उनले भनिन्, ‘सेयर बजारलाई आफ्नो लयमा चल्न दिनुपर्छ । दुई वर्षदेखि साना लगानीकर्ता मर्काका छन् । राष्ट्र बैंकले पुँजीबजारप्रति ‘इगो’ राखेर नीति ल्याउने काम गर्नुहुँदैन ।’

त्यस्तै, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पनि मौद्रिक नीति लगानीकर्ताहरुले सोचे जस्तो नआएको बताएका छन् । दुई वर्षअघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिकै कारणले पुँजीबजार धरासायी भएको उनको भनाई छ । सेयर कर्जा संकुचन गर्न ४/१२ को नीति र भारित औसतलाई १०० बाट १५० बनाउँदा धरासायी बनेको पुँजीबजार यो मौद्रिक नीतिले पनि सम्बोधन गर्न नसकेको ढकालले बताए । ‘मौद्रिक नीतिको कारणले ३२ सय नजिकको इन्डेक्स १८ सयमा पुगेको हो ।’, उनले भने, ‘यसपाली लगानीकर्ताहरुले १२ करोडको सीमा खारेज र भारित औसत १०० मा ल्याउन माग गर्दा पनि सम्बोधन भएन ।’
हरेक वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सेयर लगानीकर्तासँग पनि सुझाव माग्ने तर कार्यान्वयन नगर्दा लगानीकर्ता मर्कामा परेको ढकालले बताएका छन् । ‘भारित औसतलाई पुनारावलोकन गरिनेछ भन्ने समाचार आउँदा खुसी लाग्यो । मौद्रिक नीतिलाई खुसीखुसी स्वागत गरियो । तर, दुई घण्टापछि पत्रकार सम्मेलनमा गभर्नरले भारित औषत ५० लाखसम्मलाई मात्रै हो भनेपछि निराश भयौँ ।’, उनले भने, ‘मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन नगरे पनि आगामी दिनमा नेपाली पुँजीबजारको भविष्य सुनौलो देखेको छु ।’
यता सेयर विश्लेषक नवराज घिमिरेले भने नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारी गभर्नर हुँदासम्म पुँजीबजारमैत्री मौद्रिक नीति आउन नसक्ने दाबी गरेका छन् । गभर्नर अधिकारी कहिल्यै पुँजीबजारप्रति सकारात्मक नभएकाले पुँजीबजारमैत्री नीतिहरु आउन नसकेको उनको भनाई छ । उनले गभर्नरको कार्यकाल सकिएपछि मात्रै नेपाली पुँजीबजारले छलाङ मार्ने समेत दाबी गरेका छन् ।
‘राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारलाई नियन्त्रण गर्न खोजेको छ । तर, मौद्रिक नीतिको असर केही दिन रहे पनि पुँजीबजार अब कसैले रोकेर रोकिँदैन ।’, उनले भने, ‘अब नेपाली पुँजीबजार बुलिस भएर जान्छ । सेयर लगानीकर्ताहरुले राम्रो कम्पनीमा लगानी गर्दा मौद्रिक नीतिको व्यवस्थाले केही असर गर्दैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्