×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गगन थापाले निर्वाचन आयोगलाई १५ हजार जरिवाना तिरे !

PRIME CA
GLOBAL IME BANK

गगन थापाले निर्वाचन आयोगलाई १५ हजार जरिवाना तिरे !

११ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् । चुनावमा भएको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले प्रतिनिधिसभा सांसद थापालाई १५ हजार रुपैयाँ तिराएको हो ।

थापाले बुधबार सामाजिक फेसबुकमार्फत आयोगलाई १५ हजार रुपैयाँ तिरेको जानकारी दिएका छन् ।

‘मैले निर्वाचन आयोगमा मिति २०७९÷०८÷२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर, यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु ।’, थापाले लेखेका छन्, ‘अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु ।’

आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको खर्च विवरण बुझाएर सार्वजनिक नगर्ने २४ सय बढी उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: