×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करी प्रकरणः पक्राउ परेका छिरिङसँग चिनियाँ गिरोहको गहिरो ‘कनेक्सन’, थप अनुसन्धान गर्दै प्रहरी

PRIME CA
GLOBAL IME BANK

सुन तस्करी प्रकरणः पक्राउ परेका छिरिङसँग चिनियाँ गिरोहको गहिरो ‘कनेक्सन’, थप अनुसन्धान गर्दै प्रहरी

१४ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । १ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङले तस्करीमा संलग्न चिनियाँ गिरोहलाई नेपाल भित्र्याएको पाइएको छ ।

ठमेलस्थित भियाना होटलका संचालक समेत रहेका दावाले विगत लामो समयदेखि चिनियाँ गिरोहलाई नेपाल भित्र्याउँदै आएको पाइएको हो । दावालाई राजस्व अनुसन्धान विभागको टोलीले आइतबार उनकै होटलबाट पक्राउ गरेको हो ।

विभाग स्रोतका अनुसार नेपालमा यसअघि चिनियाँ नागरिक संलग्न भएर हुने गरेका अधिकांश अपराधमा उनको संलग्नता पुष्टी भएको छ । ‘चिनियाँ गिरोहलाई नेपालमा भित्र्याउने काममा दावाको भूमिका देखिएको छ ।’, स्रोतले भन्यो, ‘चिनियाँ नागरिक जोडिएर भएका अनलाइन ठगी, अनलाइन जुवा, ब्ल्याकमेलिङ लगायतका अपरधामा दावाको कनेक्सन फेला परेका छौँ । थप अनुसन्धान गर्दैछौँ ।’

काभ्रेबाट नेपाली नागरिकता लिएका दावासँग नेपाल र बेल्जियम दुवै देशको नागरिकता रहेको समेत पाइएको छ । हाल पक्राउ परेका दावाको नेकपा माओवादीका शीर्ष नेताहरुसँग राम्रो सम्बन्ध रहेको समेत पाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: