×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकले ल्यायो सानिमा ‘५ इन १’ सेवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा बैंकले ल्यायो सानिमा ‘५ इन १’ सेवा

Artha Sarokar

१५ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा ५ इन १ सेवा सार्वजनिक गरेको छ । सानिमा ५ इन १ सेवा सानिमा ३ इन १ खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो ।

उक्त सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो से यरको संयोजन रहेको छ । सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवाले बैंकको वेवसाइटमा उपलब्ध अनलाइन प्लेटफर्म मार्फत डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकहरूलाई सहज बनाएको बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिग प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको जनाएको छ ।

हाल सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी