×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ९.२५ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्व ८१ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार ९.२५ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्व ८१ करोडमाथिको कारोबार

Artha Sarokar

१७ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९.२५ अंकले बढेर २०८६.८४ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २६९ कम्पनीको ९३ लाख ६१ हजार ७ सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ११ करोड १९ लाख ३ हजार ५ सय १९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा आरबिबि म्युचुअल फण्ड-१ का लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा स्टाण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ इक्वटी फण्ड, सिंगटी हाइड्रो इनर्जी, सयपत्री हाइड्रोपावर र गोर्खाज फाइनान्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ११ करोड १९ लाख ३ हजार ५ सय १९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सानिमा बैंक लिमिटेड प्रमोटर सेयर, प्रोग्रेशिभ फाइनान्स, अपर तामाकोशी, सोल्टी होटल र प्राइम कम्मर्सियल बैंक लिमिटेड प्रमोटर सेयरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा प्रभु स्मार्ट फण्डले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । प्रभु स्मार्ट फण्डमा यस्तो गिरावट आउँदा एनआइबिएल सम्वृद्धि फण्ड-२, सुपर मादी हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तिय संस्था र मल्टिपर्पोज फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी