काठमाडौं । नेपाल राष्ट्र बैंकको सह–प्रवक्ता तथा सूचना अधिकारीमा गभर्नरको कार्यालयका निर्देशक डा.डिल्लीराम पोख्रेल नियुक्त भएका छन् । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले २०८० साउन १७ गतेदेखि लागु हुने गरी पोख्रेललाई सह-प्रवक्ताको जिम्मेवारी दिएको जनाएको हो ।
२०७५ साल देखि राष्ट्र बैंकमाआवद्ध पोख्रेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका थिए ।