काठमाडौं । समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबीच पि.एम.एस.व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पि.एम.एस.व्यवस्थापनको लागि आवश्यक बैंकिङ सुविधाको लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्ने जानकारी उपलब्ध भएको छ ।
उक्त सम्झौता पत्रमा समृद्धिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनी र हिमालयको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता समृद्धि फाइनान्सको पुतलिसडक शाखामा सम्पन्न भएको हो ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।