काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ सूचीकृत भएको छ । सिटिजन्स क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको उक्त फण्ड नेप्सेमा सूचीकृत भएको हो ।
साउन २३ गते नेप्से र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रति इकाई १० रुपैयाँ कायम रहेको ७ करोड ५० लाख ७२ हजार ३ सय ९० ईकाई नेप्सेमा सूचीकृत गर्ने सम्झौता सम्पन्न भएको थियो । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ लगाएतका अन्य पदाधिकारीहरुको उपस्थितीमा सूचिकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको थियो ।
कम्पनीले सर्वसाधारणको लागि १० करोड इकाई धितोपत्र बिक्री खुला गरेको थियो । त्यसमध्ये ७ करोड ५० लाख ७२ हजार ३९० ईकाई धितोपत्र सूचीकरण विनियमावली अनुसार सूचीकरण भएको नेप्सेले जनाएको छ ।