×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १४.८१ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्व १ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार १४.८१ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्व १ करोडमाथिको कारोबार

Artha Sarokar

२८ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ बिन्दुमा पुगेको हो ।

आइतबार नेप्सेमा कुल २७१ कम्पनीको ९७ लाख १८ हजार ७ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व १ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ५८ करोड ४५ लाख ६१ हजार ४ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आइतबारको सेयर बजारमा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा अपर स्याङ्गे हाइड्रोपावर, माउनटेन इनर्जी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, गणपति लघुवित्त वित्तिय संस्था र अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ५८ करोड ४५ लाख ६१ हजार ४ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा घोराही सिमेन्ट, सोल्टी होटल, माउनटेन इनर्जी नेपाल, आइएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा घोराही सिमेन्टका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । घोराही सिमेन्टमा यस्तो गिरावट आउँदा अभियान लघुवित्त, सिंगटि हाइड्रो, मकर जितु माया सुरी हाइड्रोपावर र स्वेत-गंगा हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी