×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ३.३१ अंकले घट्यो नेप्से परिसूचक, २ अर्व ९ करोडमाथिको कारोबार हुँदा नेप्से २०७७.२४ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार ३.३१ अंकले घट्यो नेप्से परिसूचक, २ अर्व ९ करोडमाथिको कारोबार हुँदा नेप्से २०७७.२४ बिन्दुमा

Artha Sarokar

२९ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २७९ कम्पनीको ५४ लाख १७ हजार ९ सय २८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ११ करोड २४ लाख ४१ हजार ९ सय ७९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा अपर स्याङ्गे हाइड्रोपावर, सिवाईसी नेपाल लघुवित्त, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, इमर्जिङ्ग नेपाल र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ११ करोड २४ लाख ४१ हजार ९ सय ७९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, घोराही सिमेन्ट, माछापुच्छ्रे बैंक, सानिमा बैंक र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा यस्तो गिरावट आउँदा बुद्धभुमी नेपाल हाइड्रोपावर, हिमालयन उर्जा विकास, शुवम पावर र सानिमा ग्रोथ फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी