×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया लघुवित्तको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर आम्दानी १७ रुपैयाँ २५ पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया लघुवित्तको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर आम्दानी १७ रुपैयाँ २५ पैसा

Artha Sarokar

२९ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्त क्षेत्रमा शाखा संजाल विस्तारमा पहिलो स्थानमा रहेको यस संस्थाले अहिलेको विषम परिस्थितिमा समेत अधिकांश वित्तीय परिसूचकहरुमा उत्साहजनक नतिजा हासिल गर्न सफल भएको दावी गरेको छ । कर्जाको विस्तारलाई भन्दा कर्जाको गुणस्तरलाई प्राथमिकतामा राखेको संस्थाले चौथो त्रैमाससम्ममा कुल लघुकर्जा १८ अर्व ४५ करोड ६६ लाख पुर्याएको छ ।

त्यस्तै, लघुवित्तको प्रति सेयर आम्दानी १७ रुपैयाँ २५ पैसा सहित आर्थिक वर्षमा ३० करोड खुद मुनाफा आर्जन गरेको छ भने आर्थिक वर्ष २०७९/८० मा स्व-पूँजीमा प्रतिफल वार्षिक १२.०२% रहेको छ । तरलता अभावको यस विषम परिस्थितिमा समेत वित्तीय संस्थाले बचत परिचालन तर्फ भने रु.२ अर्ब २३ करोड १८ लाख पुर्याउन सफल भएको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी