Skip to content
LAXMI SUNRISE BANK

EXCLUSIVE : ‘इटहरी काण्ड’ बिर्साउनेगरी एभरेष्ट बैंकमा अर्को डरलाग्दो घोटाला, एउटै कर्मचारीद्वारा २ करोड बढी अपचलन !

अर्थ सरोकार

काठमाडौँ । केहि समय अघि मात्र एभरेष्ट बैंकको इटहरी साखाबाट ग्राहकको रकम चोरी हुने गरेको तथ्य बाहिरिएको थियो । बैंकका कर्मचारी निरज प्रधानको ग्राण्ड डिजाइनमा ग्राहकको करोडौँ रुपैयाँ चोरी भएको थियो । अहिले प्रधान जेलमा छन् । घटनाका अन्य आरोपित सामान्य तारिखमा रिहा भएका छन्, तर, मुद्धा अझै सकिएको छैन । यो घटनापछि एभरेष्ट बैंक इटहरी लगायत देशका पूर्वेली भागमा बदनाम छ । देशैभर एभरेष्ट बैंकमा ग्राहकको पैसा हराउँछ भन्ने भाष्य निर्माण भएको छ । यतिसम्मकि बैंकका ग्राहकहरुले चिया गफमा नै नयाँ उखान बनाएका छन् -' एनआईसी एशियाबाट ऋण नखानु, सिटिजन्समा सुन नथन्क्याउनू, एभरेष्टमा पैसा नराख्नू ।'
इटहरीको सो प्रकरण पनि बैंकले सुरुमा लुकाउन खोजेको थियो । तर घटना मिडियासम्म आईपुगेपछि बैंकले यस विषयमा छानविन गरेर प्रहरीमा उजुरी दिएको थियो । प्रहरीमा उजुरी दिएपछि निरज प्रधानमात्र नभई बैंकका अन्य कर्मचारीलाई पनि छानविनका लागि प्रहरीले पक्राउ गर्यो । ग्राहकको पैसा चोरेको आरोपमा बैंकका कर्मचारी भकाभक पक्राउ परेपछि बैंक तनावमा हुने नै भयो । पछि अन्य कर्मचारीहरु रिहा भए भने निरज प्रधान हाल जेल चलान भएका छन् । यहि घटनाबाट सिकेर होला सायद, बैंकले बैंकभित्रका अन्य घोटाला र प्रहरीसम्म उजुरी गर्नुपर्ने केसलाई सामसुम गरिरहेको पाइएको छ । यतिसम्मकि बैंकको करोडौँ रुपैयाँ अपचलन हुँदा पनि बैंकले घटनालाई सामसुम पार्ने र प्रहरीलाई खबर नगर्ने गरेको पाइएको छ । यस्तै प्रहरीलाई नबुझाईएको प्रकरणमध्येको एक हो- 'एभरेष्ट बैंकमा एकै कर्मचारीले गरेको झन्डै २ करोड बढीको घोटाला प्रकरण।'
भएको के हो ?
यो घटना एलसीसँग सम्बन्धित छ । एलसी खोल्दा ग्राहकले केहि मार्जिन रकम डिपोजिट गर्नुपर्छ । एलसीको प्रक्रिया नभएसम्म सो रकम बैंकले राख्छ । पछि सामानहरु आईसकेपछि सो मार्जिन रकम ग्राहकले फिर्ता पाउँछन् । एभरेष्ट बैंकका एलसी विभागका रविन महर्जन ग्राहकले राखेको सोहि रकम दुरुपयोग गर्थे । बैंकमा एलसीसँग  सम्बन्धित बढी काम हुने हुनाले सो खालको डिपोजिटमा बैंकसँग १५-२० करोड रुपैयाँ हुन्थ्यो । यसरी बैंकमा रहेको रकम महर्जनले ५-१०-१५ लाख गरी पटक पटक गरेर निकाले ।
बैंकमा राखिएको सो रकम महर्जनले बैंककै सिष्टम प्रयोग गरेर पटक-पटक निकालेको देखिन्छ । कहिले आफ्ना बाबुको नाम त कहिले आफ्न्नी आमाको नाममा पैसा झिकिएको छ । भेरिफायरले सहजै भेरिफाईसमेत गरेका छन् । यसरी पटक-पटक पैसा निकालेर बिगत २ बर्षमा महर्जनले २ करोड भन्दा बढी रकम दुरुपयोग गरे । बैंकले आफ्नो एकाउन्ट 'रिकन्साइइल' नगरेको करिव १० बर्ष भईसकेको थियो । बैंकको यहि कमजोरीको फाइदा उठाउँदै महर्जनले पटक पटक बैंकको पैसा अनाधिकृत रुपमा आफ्ना आफन्तका नाममा सारे र आफु प्रयोग गरे ।
उनले गरेको बदमासीको गाईगुइ बैंकमा सुरु भईसकेको थियो । त्यसपछि उनको सरुवा करिव ४ महिना अघि बेसीशहर शाखामा भयो ।  तर महर्जनले शाखामा पनि यस्तो गलत काम गर्न छोडेनन् । तर सानो ब्रान्च, थोरै पैसा हुने भएकाले पैसा दुरुपयोग भएको तथ्य अडिटले समात्यो । बैंकको लेखापरीक्षणका क्रममा उनले गरेको बदमासी समातिएपछि बैंकलाई यस विषयमा रिपोर्ट भयो ।
त्यसपछि बैंकका तर्फबाट आशुतोष  शर्माले यो केसको छानविन गरे । छानविनका क्रममा महर्जनले गलत काम गरेको तथ्य पत्ता लाग्यो । तर बैंकको बदनाम हुने र केहि उपल्लो तहका कर्मचारी पनि समातिने डरले बैंकले यो केस सामसुम पार्यो । अहिले पनि प्रहरीमा उजुरी नगरी बैंकले यो केस भित्रभित्रै सामसुम पार्न खोजिरहेको छ । यतिसम्मकि बैंकले यो हदसम्मको बदमासी गर्ने कर्मचारीलाई कुनै पनि कानुनी कारवाही नगरी वा कानुनको दायरामा नल्याई त्यतिकै छोडिदियो । उनलाई छोड्न बैंकमा राजनीतिक लविङसमेत भएको बैंकका कर्मचारीहरु नै दाबी गर्छन् । यस विषयमा हामीले घटनामा संग्लग्न महर्जनलाई पनि सम्पर्क गर्न खोज्यौँ । तर उनीसँगको सम्पर्क सफल हुन सकेन ।
अपडेट

एभरेष्ट बैंकको स्वीकारोक्ति- 'बैंकको २ करोड बढी रकम अपचलन भएकै हो, संलग्न कर्मचारीलाई कार्वाही गर्दैछौँ'

अर्थ सरोकारमा प्रकाशित 'प्रिमियम स्टोरी' बाहेक सबै समाचार सामाग्री नि:शुल्क पढ्न पाइन्छ । तर, प्रिमियम स्टोरी पढ्न भने स्टोरीमा पढ्न उल्लेखित रकम तिर्नुपर्छ । स्टोरी लिंकमा उल्ल्खित रकम सोहि एउटा समाचार पढ्नका लागि मात्र हो । सुरुमा प्रिमियम युजरका रुपमा सदस्य बनी उल्लेखित रकम तिरेर आफुले रोजेको समाचार पढ्न सक्नुहुनेछ । सदस्य बन्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK