×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार १२.९३ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार १२.९३ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

४ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १२.९३ अंकले घटेर १९९८.२८ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २७२ कम्पनीको ४१ लाख ६३ हजार ८ सय ७२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड २ लाख ४७ हजार २ सय ३४ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा कुथेली बुखेरी स्माल हाइड्रोपावर, समलिंग पावर कम्पनी, सुपर मादी हाइड्रोपावर, सयपत्री हाइड्रोपावर र लक्ष्मी उन्नति कोषका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड २ लाख ४७ हजार २ सय ३४ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा आइएमई लाइफ इन्स्योरेन्स, सोल्टी होटल, घोराही सिमेन्ट, हिमालयन डिष्टिलरी, तारागाउँ रिजेन्सी र युनाइटेड अजोड इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा मेंछियम हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैल घटेको हो । मेंछियम हाइड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा हिमालयन पावर पार्टनर, १०.३५%अग्रीकल्चर बैंक डेबेञ्चर २०८३, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र बलेफी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी