Skip to content
LAXMI SUNRISE BANK

जहाजमा चरा ठोकिएपछि बन्द भएको विमानस्थल सञ्चालन

अर्थ सरोकार

काठमाडौं । श्री एयरको विमानमा चरा ठोकिएपछि बन्द भएको त्रिभुवन विमानस्थलको धावनमार्ग सञ्चालनमा आएको छ । आइतबार विमानमा चरा ठोकिएपछि बन्द भएको धावनमार्ग केहीबेरमै सञ्चालनमा आएको हो ।

विमानमा चरा ठोकिएपछि धावनमार्ग बन्द गरी ठोकिएको चरा खोजी गरिएको थियो । खोजीका क्रममा टुक्रटुक्रा भएको अवस्थामा परेवा फेला परेको थियो ।

विमानसँग ठोकिएको चरा फेला परेलगत्तै पुनः विमानस्थल सञ्चालनमा आएको विमानस्थलले जनाएको छ । चरा ठोकिएको श्रीएयरको जहाजमा कुनै क्षति नपुगेको र यात्रुहरु सकुशल रहेको विमानस्थलले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK