×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्सको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएलजी इन्स्योरेन्सको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

Artha Sarokar

११ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा भाद्र १० गतेको कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

यस एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको पुँजी १ अर्व ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९०.५० रुपैयाँको प्रति शेयर अंकित १०० रुपैयाँको दरले १० कित्ता सेयरको ६.६ को अनुपातमा ९६ लाख ३१ हजार २ सय २०.२२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी