काठमाडौं । राकुटेन भाइबरले आन्तरिक यात्रालाई सहयोग गर्ने उद्देश्यले सस्तो टिकट्स कम्पनीसँग सहकार्य गरेको छ । दुई कम्पनीले सहकार्यमा सिर्जनात्मक च्याटबटको सुरुवात गरेका हुन् ।
च्याटबटमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराउने भाइबरले जनाएको छ । भाइबरका अनुसार यो प्लेटफर्मले सुलभ दरमा टिकट उपलब्ध गराउने छ । त्यस्तै यसमा थुप्रै अफरहरू पनि छन् । जस्तै:
● बम्पर अफर: उडान र आवासको पूर्ण सुविधा सहित दुईजनाको लागि थाइल्याण्डको यात्रा
● दुई-तर्फी आन्तरिक उडान टिकटहरू: १५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकटहरू दिइने विशेष अफर
● पोखरा आवासमा १५ प्रतिशत छुट-पोखराका उत्कृष्ट होटल र रिसोर्टहरूमा बस्ने रूम स्टेमा १५ प्रतिशत छुटको साथ शानदार आराम
● माउन्टेन फ्लाइटहरू: पाँचजना थ्रिल चाहनेहरू र हरेकका एक एक साथीले चार्टर्ड उडान मार्फत् हिमाल र त्यसका सुन्दर परिदृश्यहरूको रोमान्चक अनुभूति लिन सकिनेछ
● भरपुर मनोरञ्जन: प्रयोगकर्ताहरूले यस नयाँ क्षितिजमा थप यात्रा-सम्बन्धि सुविधाहरूको साथ बटभित्र क्विज़ खण्ड लगायत अन्य अन्तरक्रियात्मक गतिविधिहरूमा संलग्न हुन सक्छन् ।
सस्तो टिकट्सका संस्थापक अध्यक्ष तथा सीईओ सम्राट दाहालले भनेका थिए, ‘राकुटेन भाइबरसँगको हाम्रो नयाँ सहकार्यले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको छ र हामी नेपालभित्रको अन्वेषणलाई पहिलेभन्दा बढी फराकिलो, पहुँचयोग्य र रोमाञ्चक बनाउन आतुर छौं।’
त्यस्तै, राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले भने, ‘हाम्रो मिशन सधैं हाम्रा प्रयोगकर्ताहरूको अनुभव बढाउनु हो र हामीले हाम्रा अघिल्ला प्रयासहरूद्वारा यसलाई प्रमाणित पनि गरेका छौं। सस्तो टिकट्स सँगको यो नयाँ साझेदारीले स्थानीय पर्यटनलाई साथ दिँदै लक्ष्यप्रतिको हाम्रो समर्पणलाई अझ सशक्त बनाउँछ ।’
सस्तो टिकट्स च्याटबटको सुरुवातसँगै राकुटेन भाइबरले सबै नेपाली यात्रुहरूलाई यात्राको सुविधा र आनन्दको नयाँ युगको अनुभव गर्न आमन्त्रित गरेको छ । सस्तो टिकट्स च्याटबट अगस्ट २९, २०२३ मा लन्च गरिएको छ । प्रयोगकर्ताहरूले भाइबरमा सजिलै सस्तो टिकट्स सर्च गरी च्याटबट जोइन गर्न सक्नेछन्।