×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उदयपुरमा मेयरसहित ४ जनामा कोरोना संक्रमण पुष्टी, १५ गतेसम्म नगरपालिका बन्द

LAXMI SUNRISE BANK

उदयपुरमा मेयरसहित ४ जनामा कोरोना संक्रमण पुष्टी, १५ गतेसम्म नगरपालिका बन्द

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
उदयपुर। उदयपुरको कटारी नगरपालिकाका मेयरसहित थप चारजनामा कोरोना संक्रमण पुष्टी भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद अर्याल, शिक्षा शाखाका श्रोत व्यक्ति सुर्य कार्की र इलाका प्रशासन कार्यालय कटारीका प्रमुख चन्द्र सिवाकोटीमा कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै जिल्लामा संक्रमितको संख्या संख्या २ सय ४ पुगेको छ । त्यसमध्ये ६५ जना महिला र एक सय ३५ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीले जानकारी दिए । 
१५ गतेसम्म नगरपालिका बन्द
मेयर, प्रमुख प्रशासकिय अधिकृत र शिक्षा शाखा प्रमुखलाई कोरोना भाईरस पुष्टि भएसँगै कटारी नगरपालिकाका अत्यावश्यक सेवा वाहेक सबै कामहरु ठप्प भएका छन् । उपप्रमुख भिमकुमारी राउतले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कात्तिक ४ गतेदेखि कार्यालय र मातहतका कार्यालयका शाखाहरुबाट सम्पादन गरिने अत्यावश्यक सेवा (दमकल, फोहोरमैलाको गाडी, नगर प्रहरी, स्वास्थ्य सेवा) वाहेक दैनिक सञ्चालन हुने सेवाहरु कात्तिक १५ गतेसम्म बन्द हुने जनाइएको छ । 
संक्रमण थप फैलन सक्ने खतरा रहेकाले नियन्त्रणका लागि कार्यालयका कामकाज बन्द गर्नु परेको उनले बताएकी छिन् । विज्ञप्तिमा पोजेटिभ देखिएका व्यक्तिहरुसँग सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा बसिदिन र स्वास्थ्य सम्बन्धि समस्या देखिएमा नजिकको स्वास्थ्यचौकीमा सम्पर्क गरी सुरक्षित रहन अनुरोध गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी