×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकद्वारा ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंकद्वारा ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक

२२ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ  ग्राहकहरुका लागि ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैंकिङ ग्राहकले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी कनेक्ट आइपिएस मार्फत फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

भाद्र १७ गतेदेखि असोज २० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिने र उक्त विजेताको जानकारी एनआईसी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने जनाईएको छ ।

फण्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिङ सेवा (मोबैंक) एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फण्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर Other Banks Using ConnectIPS छनौट गर्नुपर्छ । यसरी फण्ड ट्रान्सफर गर्दा कनेक्ट आइपिएसमा छुट्टै दर्ता गर्न आवश्यक नपर्ने बैंकले जनाएको छ ।

त्यस्तै, फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ । हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिङ ग्राहकहरुले मोबैंक एप प्रयोग गरेको छ भने मोवाइल बैंकिङमा रहेको कनेक्ट आइपीएस मार्फत प्रति दिन प्रति कारोबार रु. ३ लाख रुपैयाँसम्म फण्ड ट्रान्सफर गर्न सकिने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी