Skip to content
LAXMI SUNRISE BANK

गौरव बेच्दै थिए १ लाख रुपैयाँ नक्कली नोट, प्रहरीसम्म सुराकी पुग्दा रेड ह्याण्ड ‘च्याप्पै’ !

अर्थ सरोकार

काठमाडौँ । नक्कली नोटको कारोबार गर्दैगर्दा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । प्रहरीले शुक्रबार काठमाडौं महानगरपालिकाको स्वयम्भूबाट गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौँ नागार्जुन नगरपालिकास्थित भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेको हो ।  एक हजार दरका एक सय थान नक्कली नेपाली नोटसहित उनी पक्राउ परेका हुन् ।

थापाको साथबाट दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ। उनी १ लाख रुपैयाँ नक्कली नोट बेच्न तयार भएर बसेको अवस्थामा प्रहरीले उनलाई रंगेहात समातेको हो । स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले थापालाई उक्त नक्कली नोट, मोबाइलसहित समातेको हो ।
पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK