Skip to content
LAXMI SUNRISE BANK

‘नाडा अटो शो’ मा सुजुकी कार खरिद गर्ने ग्राहकलाई विशेष छुट

अर्थ सरोकार

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले एक लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन् । कम्पनीले नाडा अटो शो लक्षित गरी शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रधान गर्ने भएको छ ।

उक्त योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा लागु हुने जनाईएको छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लघु हुनेछन् । नाडा अटो शोमा सुजुकीका नयाँ एसयुभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ ।

यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK