काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २७५ कम्पनीको ५१ लाख ४४ हजार ७ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ७ करोड ९३ लाख २५ हजार ३ सय ४७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा बरुण हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा शुवम पावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था, अरुण काबेली पावर, अपी पावर कम्पनी र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ७ करोड ९३ लाख २५ हजार ३ सय ४७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, एभरेस्ट बैंक, शिवम् सिमेन्ट, आइएमई लाइफ इन्स्योरेन्स र लक्ष्मी सनराइज बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । थ्री स्टार हाइड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा सिटिजन्स म्युचुअल फण्ड-२, स्वाभिमान लघुवित्त वित्तिय संस्था, १०.२५% नेपाल एसबीआइ बैंक डेबेञ्चर २०८३ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्