Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंक र एटिक ग्रुपबीच मर्चेन्ट सम्झौता, ग्राहकहरुलाई रेष्टुरेण्टका सेवामा १० प्रतिशत छुट

अर्थ सरोकार

काठमाडौं । कामना सेवा विकास बैंक र एटिक ग्रुपबीच असोज २ गते मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वर स्थित एटिक रेष्टुरेण्टले प्रदान गर्ने रेष्टुरेण्ट सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK