Skip to content
LAXMI SUNRISE BANK

शिक्षक आन्दोलनः एक पक्ष घर फर्किदा अर्को पक्ष सडकमै, दुई थरी शिक्षकको आन्दोलन अझै चर्किने ! 

अर्थ सरोकार

काठमाडौं । अहिले काठमाडौंमा शिक्षकहरुको सडक आन्दोलन चलिरहेको छ । असोज ५ गते (शुक्रबार) आन्दोलनरत शिक्षकहरुको प्रतिनिधित्व गरेको नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सफल भए पनि वार्ताबाट खुसी नभएका शिक्षकहरु भने सडक संघर्ष गरिरहेका छन् । खासगरी राहत शिक्षक र पेन्सन बञ्चित शिक्षकहरुले आन्दोलन जारी राखेका हुन् । 

यसो त नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताप्रति असन्तुष्टी जनाउँदै विज्ञप्ती नै सार्वजनिक गरेर राहत शिक्षक र पेन्सन बञ्चित शिक्षकहरुले आन्दोलन जारी राख्ने घोषणा गरेका छन् । 

त्यस्तै, नेपाल शिक्षक महासंघ र सरकारबीचको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन गरेको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापन गर्न माग गरेको छ । यता पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि आफूहरुका विभिन्न माग राख्दै उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । 

शिक्षक र सरकारबीचको सफल वार्तापछि पनि दुई थरीका शिक्षकहरुले काठमाडौंमा आन्दोलन जारी राख्ने भएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK