Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमणबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एकको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

इटहरी । कोरोना संक्रमणबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जनाको मृत्यु भएको छ । इटहरीका एक कोरोना संक्रमितको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 
इटहरी १ का ७९ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनमा असोज २६ गते कोरोना पुष्टि भएको थियो । २७ गते उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK