×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री एयरको जहाजमा समस्या, आकस्मिक अवतरण गराइयो

PRIME CA
GLOBAL IME BANK

श्री एयरको जहाजमा समस्या, आकस्मिक अवतरण गराइयो

१२ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । श्री एयरको जहाजमा समस्या देखिएको छ । शुक्रबार माउन्टेन फ्लाइटका लागि काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको श्री एयरको जहाजमा एक्कासी समस्या देखिएको हो ।

४२ जना यात्रु लिएर उडेको जहाजमा अचानक समस्या देखिएपछि जहाजलाई आकस्मिक अवतरण गराइएको छ ।

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरका अनुसार उडान भरेको केही बेरमै जहाजको बाँयातर्फको इन्जिनमा समस्या देखिएको थियो । इन्जिनमा समस्या देखिएको थाहा पाउनेबित्तिकै जहाजलाई आकस्मिक अवतरण गराइएको मानन्धरले बताएका छन् ।

यता त्रिभुवन विमानस्थलले भने जहाजको इन्जिनमा समस्या देखिएपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै लामो समय आकाशमै जहाज ‘होल्ड’ गरेर इन्धन खाली भएपछि अवतरण गराइएको थियो । विमानका सबै यात्रुहरु सुरक्षित रहेको विमानस्थलले जनाएको छ । हाल उक्त जहाजको प्राविधिक जाँच भइरहेको एयरलाइन्सले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: