×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाको विजेता घोषणा, सम्मानसहित पुरस्कार रकम हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाको विजेता घोषणा, सम्मानसहित पुरस्कार रकम हस्तान्तरण

१४ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाका विजेता भुपाजित राई भएका छन् । २०८० असोज ८ गते सोमबा  भएको लक्की ड्रमार्फत भुपाजित राईले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन् ।  उक्त पुरस्कार डिशहोमका  प्रतिनिधीहरुले  रानिवासस्थित  भोजपुरमा नै पुगेर  कार्यक्रमको आयोजना गरि सम्मानसहित उक्त पुरस्कार रकम प्रदान  गरेका हुन् ।

उक्त योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्रमार्फत नगद रु १ लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न पाउने व्यवस्था गरेको छ । साथै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु १० लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।

यस अभियानमा सहभागीहुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । उक्त अभियान आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागु हुने डिशहोमले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी