Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकद्वारा हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी हुने

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक मार्फत हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी हुने भएको छ । उक्त रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अव राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लाका दुई सय ८४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको हो ।

राष्ट्रिय वाणिज्य बैंक र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सिएफएस रेमिट प्रा.लि.काबीच भएको सम्झौता पत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषि राम ढकाल र प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिटका प्रमुख कार्यकारी अधिकृत बवि शर्माले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता पश्चात दूर दराजमा रहेका ग्राहकहरुले रेमिट्यान्सको सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, बैंकका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकलाई नेपालमा रेमिट्यान्स प्राप्त गर्न सहज हुने भएको छ ।

हाल बैंकका ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका दुई सय ८४ शाखा कार्यालय, दुई सय ६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ६५ वटा एक्स्टेन्सन काउण्टर, किउआर कोड सेवा, पोइन्ट अफ सेल सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपियस, स्मार्ट किउआर टेलर, ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ तथा बिना ईन्टरनेट चल्ने इउएसएस डि मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK