Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकले ल्यायो ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना, ग्राहकहरुलाई विशेष छुट साथै थुप्रै सुविधा

अर्थ सरोकार

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । बैंकले नेपालीहरुको महान चाड दशैं, तिहारलाई लक्षित गर्दै कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको हो ।

उक्त योजनामा २६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका चार जना सदस्यलाई एक लाख रुपैयाँको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाखसम्मको दुर्घटना बीमा तथा एक लाखसम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको छ ।

साथै, कुमारी बैंकका ग्राहकहरुले खाता खोलेको पहिलो वर्षकालागि लकर शुल्कमा १०० प्रतिशत छुट, लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट-क्रेडिट कार्डको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यस अवसरमा बैंकका अन्य बचत खाताहरुमा पनि २० हजार रुपैयाँको मेडिकल बीमा सुविधा प्रदान गर्ने भएको छ ।

हाल बैंकले आफ्ना देशभर रहेका तिन सय आठ शाखा सञ्जाल, तिन सय नौ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK