काठमाडौं । एमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा प्रकाश शरण महतबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्री डा प्रकाश शरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधि मण्डलबीच शिष्टाचार भेटघाट भएको हो।
उक्त, भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोप अनुरुप कार्यान्वयन हुन सकेमा मात्र विगतका सन्देहहरुको अन्त्य हुने बताएका छन् । साथै, अर्थमन्त्री महतले नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुन सक्ने विचार व्यक्त गर्दै कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडी बढ्न एमसीए नेपाललाई निर्देशन समेत दिइका छन् ।
त्यसैगरी प्रमुख कार्याकारी अधिकृत एलिस अल्ब्राइटले नेपालमा एमसीसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको बताएकी छिन् । साथै, यसलाई सफल बनाउन एमसीसी कटिबद्ध रहेको विचार व्यक्त गरीन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्