×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मापदण्डविपरीतका सहकारी खारेज गर्ने महानगरको तयारी

PRIME CA
GLOBAL IME BANK

मापदण्डविपरीतका सहकारी खारेज गर्ने महानगरको तयारी

१७ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका सहकारी खारेज गर्ने भएको छ । महानगरले आफ्नो कार्यक्षेत्र भित्र रहेका सहकारीहरुको अनुगमन गर्ने र  मापदण्डविपरीतका सहकारी खारेज गर्ने भएको हो ।

सहकारी विभाग काठमाडौं महानगरका प्रमुख बलराम तिवारीका अनुसार महानगरभित्र १९ सय सहकारी छन् र ति मध्ये १६ सय बचत तथा ऋण सहकारी रहेका छन् । सहकारी ऐनअनुसार पाँच हजार जनसंख्यामा एक बचत तथा ऋण सहकारी हुनुपर्छ । त्यसैले महानगरको जनसंख्याअनुसार एक सय ६० बचत तथा ऋण सहकारी भए पुग्छ । ‘महानगरभित्र चाहिनेभन्दा धेरै सहकारी छन् । त्यसैले महानगरको जनसंख्याअनुसार एक सय ६० बचत तथा ऋण सहकारी भए पुग्ने अवस्था छ ।’ उनले भने ‘कडाइका साथ अनुगमन गरेर सहकारीको संख्या घटाउँछौँ । कानुनबमोजिम चलेको छैन भने खारेज गर्ने हो ।’

महानगरभित्र आवश्यकता भन्दा धेरै सहकारी रहेकाले संख्या घटाउने तयारी गरिएको त्रिपाठीले बताएका थिए । दशैं अगाडी नै कार्यक्षेत्र भित्रका सहकारीमा अनुगमन गरिने र मापदण्डविपरीतका सहकारीलाई कारवाही गरिने उनले बताएका हुन् ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: