काठमाडौँ । सानिमा बैंक र फोनपे प्रा.लिले सहकार्य गर्दै योजना बनाएको छ । उक्त कम्पनीले सानिमा सजिलो इ बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यास ब्याक योजना ल्याएको हो ।
सो कम्पनीको योजना अन्तर्गत पहिलो पटक सानिमा सजिलो इ बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुकालागि एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम रु दुई सय, विजुलीको बिल तिर्दा २५ वा अधिकतम रु २५ र इन्टरनेटको बिल तिर्दा २५ वा अधिकतम रु ५० सम्मको क्यास ब्याक को व्यवस्था गरेको हो । उक्त योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने कम्पनीले जनाएको छ ।
मोबाइल बैंकिङ प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले उक्त योजना ल्याएको हो । सो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यास ब्याक प्रदान गर्ने जानकारी कम्पनीले दिएको छ ।
यसैगरी सानिमा बैंकले ग्राहकहरुकालागि विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।