- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओमा १०.८४ गुणा बढीले आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज आइतबार बिहान १०ः३० बजेसम्म १३ लाख १५ हजार ३१० जना आवेदकले २ अर्ब ३८ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ३८ हजार ९४० कित्ताका लागि आवेदन दिएका हुन् ।
जुन माग भन्दा १०.८४ गुणाले बढी हो । कम्पनीले शुक्रबारदेखि कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणलले आवेदन दिन सक्नेछन् । कुल निष्कासित इकाईमध्ये ०.५% अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ ।
लगानीकर्ताले असार १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।