काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि कर्मचारी माग गरेको हो ।
व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ । त्यस्तै, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा दस वर्षको कार्य अनुभव भएको हुनु पर्ने बैंकले जनाएको छ ।
न्युनतम शैक्षिक योग्यता र कार्य अनुभव हासिल गरेका इच्चुक योग्य नेपाली नागरिकहरुले सुचना प्रकाशित भएको मितिले २१ दिन भित्र आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्