×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेवेल नेपालप्रालि र ‘जेएलओएन द बिउटी बार’बीच सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पेवेल नेपालप्रालि र ‘जेएलओएन द बिउटी बार’बीच सम्झौता

२८ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पेवेल नेपालप्रालि र ‘जेएलओएन द बिउटीबार’ बीच सम्झौता  भएको छ ।  पेवेल नेपाल प्राइभेट लिमिटेडले एससिटि कोलाबे्रट बैंक तथा वालेटका ग्राहकहरुलाई छुट प्रदान गर्नका लागि जेएलओएन द बिउटी बारसँग सम्झौता गरेको हो ।

सो कम्पनीका अनुसार, ‘अप्रिल २०२२ मा स्थापित भएको ‘जेएलओएन द बिउटी बार’ हाल कुमारीपाटी, ललितपुरमा अवस्थित छ, जसले सबै सैलुन सम्बन्धित सेवाहरू प्रदान गर्दछ।’ उक्त सम्झौता अनुसार ग्राहकले सैलुनसँग सम्बन्धित कुनै पनि सेवामा मानव घोषित शुल्कमा १ सय ५५  छुट सर्त लागू पाउनेछन् ।

त्यस्तै,  ग्राहकहरूले पेवेल नेपालद्वारा सञ्चालीत जेएलओएन मर्चेन्ट किउआर मार्फत बिलको रकम भुक्तान गरेर उक्त छुटको लाभ लिन सक्ने कम्पनीले जानकारी दिएको छ । पेवेल नेपाल प्राइभेट लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पियस्पि भुक्तानी सेवा प्रदायक एक उदीयमान फिनटेक कम्पनी हो ।

उक्त कम्पनीले सन् २०१८ बाट आफ्नो सञ्चालन सुरु गरेको थियो । साथै, ४ लाख भन्दा बढी ग्राहक आधार तथा ५ हजार भन्दा बढी हाम्रो एजेन्ट आधारमा पुग्न पाउँदा  कम्पनीले गर्व महशुस गरेको जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी