काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । बोर्डले समग्रमा करिब १० देखि १२ प्रतिशतका दरले कमिसन घटाउने निर्णय गरेको जनाईएको छ ।
बोर्डको निर्णय अनुमोदनका लागि अर्थ मन्त्रालय पठाउने तयारी भईरहेको बोर्ड स्रोतले जनाएको छ । यसअघि नेपाल धितोपत्र बोर्डले साढे २ वर्षअघि ब्रोकर कमिसन घटाएको थियो । धितोपत्र बोर्ड २०७७ पुस १२ गतेदेखि लागू हुने गरेर ब्रोकर कमिसन ३३ प्रतिशत देखि ६० प्रतिशतसम्मले घटाएको थियो ।
जसअनुसार लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत ब्रोकर कमिसन तिर्दै आएका छन् । त्यस्तै, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन बुझाईरहेका छन् । ५ लाख रुपैयाँभन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत र २० लाख भन्दा माथि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३०५ कमिसन लगानीकर्ताले तिर्दै आएका छन् ।
त्यस्तै, १ करोड भन्दामाथि जतिसुकै कारोबारमा पनि ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ । सरकारी वा संस्थागत ऋणपत्रको खरीद बिक्रीमा पनि ५० हजार रुपैयाँसम्म ०.१० प्रतिशत, ५० लाख रुपैयाँसम्ममा ०.०५ प्रतिशत र ५० लाख माथिको कारोबारमा ०.०२ प्रतिशत सेवा शुल्क लिन पाइने व्यवस्था छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्