×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्सुरेन्स्ले गर्यो ‘तिमी यो दशैंमा के गर्छौ ?’ नामक टिकटक प्रतिस्पर्धा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल लाइफ इन्सुरेन्स्ले गर्यो ‘तिमी यो दशैंमा के गर्छौ ?’ नामक टिकटक प्रतिस्पर्धा

Artha Sarokar

१ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल लाइफ इन्सुरेन्स्ले ‘तिमी यो दशैंमा के गर्छौ ?’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । उक्त कम्पनीले बडा दशैंलाई लक्षित गर्दै नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।

‘तिमी यो दशैंमा के गर्छौ ?’ नामक टिकटकको जिङ्गलमा  सहभागी भई प्रतिस्पर्धीहरुले आ-आफ्नो रचना प्रस्तुत गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । साथै, हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गर्ने कम्पनीले बताएको छ ।

त्यस्तै, प्रथम हुनेलाई नगद ३० हजार रुपैयाँ, द्वितियलाई २० हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने कम्पनीले जनाएको छ । उक्त टिकटक प्रतिस्पर्धामा देशभरबाट इच्छुक सबैले मिति २०८० कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन् ।

दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफइन्स्योरेन्स कम्पनीले ल्याएको उक्त मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा कम्पनीले गरेको छ । साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दशैं २०८०को पावन अवसरमा आयोजित प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् ।

त्यस्तै, कम्पनीले आगामी दिनमासमेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने कुरा बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी