×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रिइन्स्योरेन्सले पायो प्रिमियममा आइपीओ निष्काशन गर्नका लागि अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन रिइन्स्योरेन्सले पायो प्रिमियममा आइपीओ निष्काशन गर्नका लागि अनुमति

Artha Sarokar

१ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आइपीओ निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई  कार्तिक १ गते आइपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

उक्त कम्पनीलाई सय रुपैयाँ फेस भ्यालुमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय ६ रुपैयाँको दरले ३ करोड कित्ता प्राथमिक सेयर निष्काशनका लागि अनुमति दिएको बोर्डका सूचना अधिकारी मुक्तिनाथ श्रेष्ठले जानकारी दिएका छन् ।

कम्पनीले बोर्डमा भदौ २६ गते निवेदन पेश गरेको थियो । उक्त रिइन्स्योरेन्स कम्पनीले प्राथमिक बजारबाट ६ अर्ब १८ करोड रुपैयाँ संकलन गर्नेछ ।

साथै, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार इक्रा नेपालबाट केयरएनपि आइआर ए माइनस रेटिङ पाएको हो ।

सो रेटिङले कम्पनीमा गरेको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी