काठमाडौं । सानिमा बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौंमा सम्पन्न भएको हो ।
बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनश सेयर र कर प्रयोजनार्थसहित गरी ५ दशमलव ७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको हो ।