×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले ल्यायो नयाँ योजना, ‘क्यास व्याक अफर’ सँगै ‘बडा दशैं दक्षिणा’ योजनासमेत सार्वजनिक

PRIME CA
GLOBAL IME BANK

कुमारी बैंकले ल्यायो नयाँ योजना, ‘क्यास व्याक अफर’ सँगै ‘बडा दशैं दक्षिणा’ योजनासमेत सार्वजनिक

३ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंकले  नयाँ योजना ल्याएको छ । बैंकले दशैंलाई लक्षित गर्दै आफ्ना बचत खातावालाहरुका लागि आकर्षक सुविधासहित ‘बडा दशैं दक्षिणा’ र ‘ क्यास व्याक अफर’ योजना सार्वजनिक गरेको हो ।

नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडकोे ‘ क्यास व्याक अफर’ योजनाले  दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने बैंकले जनाएको छ । सो योजनामा  कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०-५० जनालाई बैंकद्धारा २५ प्रतिशत  अधिकतम ५ सय १ रुपैयाँसम्म क्यास व्याक अफर प्रदान बैंकले गर्नेछ । क्यास व्याक अफर रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरीने कारोबारमा प्रदान गर्ने बैंकले  जनाएको छ ।

साथै, कुमारी बैंक लिमिटेडले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित  ‘क्यास व्याक अफर’ सँगै ‘बडा दशैं दक्षिणा’ योजनासमेत सार्वजनिक गरेको छ ।  यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ मार्फत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४ सय जना ग्राहकहरुलाई बैंकद्धारा ५० रुपैयाँ क्यास व्याक अफर  दिइने जनाएको छ ।

बैंकका अननुसार, ‘क्यास व्याक अफरका लागि योग्य हुन न्युनतम कारोबार सय रुपैयाँ हुनुपर्नेछ । माथि उल्लेखित दुवै  अफरहरु विहान ८ बजे देखि राति ११:५९ बजेसम्म गरीएका कारोबारमा लागु हुनेछ ।’

कुमारी बैंकले देशभर रहेका ३ सय ८ शाखा प्रधान कार्यालय बाहेक, ४८ वटा विस्तारित काउन्टर, ३ सय ९ एटिएम र ६४ शाखारहित बैंकिङ एकाइहरूबाट सेवा दिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: