×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि सेक्यूरिटीजले साधारण सभा गर्दै, वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने

PRIME CA
GLOBAL IME BANK

एनएमबि सेक्यूरिटीजले साधारण सभा गर्दै, वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने

१३ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि सेक्यूरिटीजले साधारण सभा  गर्ने भएको छ । सो कम्पनीले मंसिर ८ गते तीन आर्थिक वर्षको साधारण सभा गर्ने भएको हो ।

एनएमबि सेक्यूरिटीज लिमिटेडले  पहिलो, दोस्रो र तेस्रो वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रार कार्यालय नक्साल, काठमाडौंमा दिउँसो १२:३० बजे गर्ने भएको हो । सो सभाले आर्थिक वर्ष २०७७-७८, २०७८-७९ र २०७९-८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने भएको छ ।

साथै, चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउने भएको हो । उक्त सभाले प्रबन्ध संचालकको तलब भत्ता निर्धारण गर्ने तथा संचालकको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: