Skip to content
LAXMI SUNRISE BANK

स्टाण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई करसहित १९ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको कार्तिक १३ गते सोमबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुने भएको छ ।

गत वर्ष बैंकले १६.५१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK