काठमाडौं । एनआईसी एशिया क्यापिटलले ग्रोथ फण्डको बुक क्लोज हुने मिति तय गरेको छ । सो कम्पनीले प्रतिफल वितरण प्रयोजनार्थका लागि बुक क्लोज गर्ने मिति तय गरेको हो ।
ग्रोथ फण्डले कात्तिक २२ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
उक्त फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित १०.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो । एनआईसी एशिया क्यापिटल लिमिटेड फण्डको योजना व्यवस्थापक रहेको छ भने कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ ।